धादिङमा भएको बस दुर्घटनाप्रति कांग्रेसद्वारा दु:ख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले त्रिशूली नदीमा बसेर बस दुर्घटना हुँदा भएको हताहतीप्रति दु:ख व्यक्त गरेको छ ।
बुधबार कांग्रेसले विज्ञप्ति जारी गरेर आठ जनाको मृत्यु हुने गरेर भएको दुर्घटनाप्रति सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका हुन् । देउवाले दुर्घटनामा हराइरहेकाहरूको खोजी र घाइतेको शीघ्र उपचारमा आग्रह गरेका छन् ।
‘काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३—०१—००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका—२ चालिसे भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा ८ को मृत्यु, केही वेपत्ता र केही यात्रु गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गर्नु भएको छ’, कांग्रेसले भनेको छ ।
‘सभापति देउवाले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘वेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र पार्न र घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ’, कांग्रेसले भनेको छ ।
‘पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गर्नु भएको छ’, कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया