एसएसपी रानाको नेतृत्वमा छानविन समिति, एसपी र ईन्स्पेक्टर सदस्य

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा सोमबार भएको हिंसा तथा एक युवकको मृत्यु घटनाको छानबिन गर्न प्रहरीले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालयले एसएसपी ओमबहादुर रानाको नेतृत्वमा मंगलबार छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा एसपी जनक शाही तथा ईन्स्पेक्टर शंकर आचार्य छन् ।

सानोठिमीको सुधारगृहमा रहेका दुई सय २१ कैदी–बन्दी गेट फुटाएर सोमबार भागेका थिए । भागेकामध्ये आठजना अझै फरार छन् ।

थुनामा रहेका कमल बस्नेतको उपचारमा लापरबाही गर्दा मृत्यु भएको तथा सुधारगृहभित्र व्यवस्थापन राम्रो नभएको भन्दै आन्दोलन गरी उनीहरू त्यहाँबाट भागेका थिए ।

Published : Tuesday, 2023 August 22, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया