चौरासी ईन्स्पेक्टरहरूलाई डीएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ८४ जना सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

२०६४ सालको सि सं ७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भइसकेका छन् । बाँकी मंगलबार बढुवा सिफारिस भएका हुन् । ईन्स्पेक्टरबाट डीएसपी बढुवामा पहिलो नम्बरमा बाबुराम थापा परेका छन् । दोस्रो नम्बरमा जीवेशकुमार पाण्डे र तेस्रो नम्बरमा प्रधुन्न थापा रहेका छन् ।

२०६६ मंसीर २१ गते भर्ना भएका सि सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी बढुवामा सिफारिस भएका छन् ।

डीएसपी भएका दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ ।

सि सं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाही दोश्रो लटमा डीएसपी भएका थिए । सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए ।

Published : Tuesday, 2023 August 22, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया