सशस्त्र प्रहरीका एक दर्जन हवल्दावर र जवानहरू सम्पर्कविहीन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएपछि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् । कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफूखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले सूचनामार्फत जनाएको छ ।
सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार उदयपुरको त्रियुगा नगरपालिका–१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी–३ का हरिकिसुन थारु रहेका छन् ।
जवानहरूमा झापाका प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रवीन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।
कार्यालयको सम्पर्कमा नआएका १२ जनालाई नै सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारणसहित सम्पर्कमा आउनुपर्ने अन्यथा कारबाही गर्ने चेतावनी दिइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया