राजकिशोरलाई लुम्बिनीको जिम्मेवारी, उपेन्द्रले क–कसलाई दिए अधिकार ?
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीभित्र जिम्मेवारी बाँडफाँट गरेको छ ।
जसपाको कार्यकारिणी समितिको बैठकले पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने तयारीका साथ जिम्मेवारी बाँडफाँट गरेका छन् ।
कार्यकारिणी सदस्य तथा सांसद राजकिशोर यादवलाई लुम्बनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
कार्यकारिणी सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागको सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् ।
संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरुमा शैलेन्द्र साह र सनबहादुर चयन भएका छन् ।
सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनिष सुमनलाई जिम्मेवारी दिइएको छ । विभागको सदस्यहरूमा लक्ष्मण हुँमागाई र योगराज वनेम रहेका छन् ।
कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा सीपी सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादवलाई केन्द्रीय कार्यालयको जिम्मेवारी दिइएको छ ।
युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको छ ।
महिला विभागको प्रमुखमा लीला सिटौलालाई जिम्मेवारी दिइएको छ । सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् ।
केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । जसपाले सप्तरी जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा निर्वाचनका बेला उत्पन्न भएका संगठनात्मक समस्या तथा अनुशासन लगायतका विषयमा भएका विवादका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न छानबिन समिति पनि निर्माण गरेको छ ।
नेता राजकिशोर यादवको संयोजकत्वमा सुशीला श्रेष्ठ र जगदेव यादव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
पार्टीका प्रत्येक प्रदेश, जिल्ला समिति र पालिका समितिहरूले तीन महिने संगठन विस्तार र सुदृढीकरण अभियान चलाउने निर्णय समेत भएको छ ।
अभियानमा पार्टी सदस्यता नवीकरण, संगठन विस्तार र सुदृढीकरणका कार्यक्रमहरू हुनेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया