गृहमन्त्रीद्वारा पाँच एसएसपीहरूको सरुवा, कार्कीलाई आईजीपीको सचिवालयको जिम्मेवारी


काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा भूपेन्द्र खत्री सरुवा भएको छ । दानबहादुर कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

अपराध अनुसन्धानको प्रमुखमा सोमेन्द्रसिंह राठौर सरुवा भएका छन् भने मनोज केसीलाई त्यहाँबाट महिला बालवालिका निर्देशनालयमा सरुवा गरिएको छ ।

निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ । लतलिपुरका सिद्धीविक्रम शाह र सीआईबीको दिनेश आचार्यको भने यसपटक सरुवा भएको छैन् ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका गलत कुरा अर्थात् गोप्य दस्तावेज चुहाएको घटना लुकाउन गृहमन्त्री श्रेष्ठले ५ जना एसएसपीहरूको सरुवा गरेका छन् ।

यसअघि सरकारले ६ जना एआईजीपीको सरुवा गरेको थियो ।

Published : Monday, 2023 August 21, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया