काठमाडौंमा बसले मोटरसाइकल ठक्कर दियो, अनितासहित २ को मृत्यु

काठमाडौं । काठमाडौंमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित सडकमा ना.५ ख ५०९२ नम्बरको बसले बाग्मती प्रदेश–०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ बस्ने ३२ वर्षीय रामकुमार भारती र मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Sunday, 2023 August 20, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया