गठबन्धनमा मेन गाइडेन्स कांग्रेसकै छ : डा.आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।
शनिबार कैलालीमा नेपाल विद्यार्थी संघ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रम डा.राणाले कांग्रेसको सहयोगमा माओवादील केन्द्रले सरकारको नेतृत्व गरेको बताएकी छिन् । उनले सरकारले केही नराम्रो काम गरेको छभने सुझावहरू दिएर सच्चाउनुपर्ने बताएकी छिन् ।
देश अहिले कांग्रेसको गाइडेन्समा अगाडि बढिरहेको नेतृ डा.राणाले बताएकी छिन् । ‘नेपाललाई अगाडि लग्ने हो भने नेपाली कांग्रेसले नै हो गाइड गर्न सक्ने’, उनले भनेकी छिन् ।
‘अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली कांग्रेसकै छ’, डा.राणाले भनिन्, ‘हाम्रै बलबुतामा अरू पार्टीहरूले सरकार बनाएका छन् ।’
उनले कांग्रेसले भन्दै आएको लोकतन्त्र समाजवाद र राष्ट्रियताको विषयलाई अहिले सत्ता गठबन्धनका अन्य दलहरूले पनि मनन् गरेको र त्यहि अनुसार अघि बढेको बताएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया