गठबन्धनमा मेन गाइडेन्स कांग्रेसकै छ : डा.आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।
शनिबार कैलालीमा नेपाल विद्यार्थी संघ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रम डा.राणाले कांग्रेसको सहयोगमा माओवादील केन्द्रले सरकारको नेतृत्व गरेको बताएकी छिन् । उनले सरकारले केही नराम्रो काम गरेको छभने सुझावहरू दिएर सच्चाउनुपर्ने बताएकी छिन् ।
देश अहिले कांग्रेसको गाइडेन्समा अगाडि बढिरहेको नेतृ डा.राणाले बताएकी छिन् । ‘नेपाललाई अगाडि लग्ने हो भने नेपाली कांग्रेसले नै हो गाइड गर्न सक्ने’, उनले भनेकी छिन् ।
‘अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली कांग्रेसकै छ’, डा.राणाले भनिन्, ‘हाम्रै बलबुतामा अरू पार्टीहरूले सरकार बनाएका छन् ।’
उनले कांग्रेसले भन्दै आएको लोकतन्त्र समाजवाद र राष्ट्रियताको विषयलाई अहिले सत्ता गठबन्धनका अन्य दलहरूले पनि मनन् गरेको र त्यहि अनुसार अघि बढेको बताएकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया