हेटौैँडा–काठमाडौं सडक खण्डमा इभी बस दुर्घटना, ११ जना घाइते

हेटौँडा । मकवानपुर जिल्लास्थित हेटौँडा–भैंसे सडक खण्डमा ईभी गाडी दुर्घटना ११ जना घाइते भएका छन् ।

आइतबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ बादरेभीरस्थित हेटौँडा–भैंसे सडक खण्डमा दुर्घटना भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको इभी गाडी दाहिने साइडको भित्तामा ठोक्किएर बाँया साईडको नालामा खसी दुर्घटना भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इभी गाडीका चालक फरार छन् । इभी गाडीका मालिक शिवकान्त झासँग प्रहरीले सम्पर्क गरेर चालकका विषयमा जानकारी लिएको छ ।

दुर्घटनामा रौतहटको दुर्गा भगवती नगरपालिका वडा नं. १ बस्ने बर्ष ३२ का राजेश साह, भारतको जिला मोतीहारी बिहार बस्ने बर्ष ३४ नं.सर्फे आलम, रौतहटको दुर्गाणगवती गाउँपालिका १ पिपराटोल बस्ने वर्ष ५० को हरि साह र उनकी छोरी वर्ष २६ की चन्दाकुमारी साह तथा अर्की छोरी वर्ष २३ की शिवाकुमारी साह, नाती वर्ष ५ को आर्यन साह, नातिनी शान्तिकुमारी साह, उनको नाती शिवान्स साह घाइते भएका छन् ।

Published : Monday, 2026 October 19, 5:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया