दाङबाट काठमाडौं हिँडेको बस दुर्घटना, २६ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

शनिबार बिहान दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २६७५ नम्बरको बस हुग्दी खोला नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताएका छन् ।

बसमा रहेका ३४ यात्रुमध्ये २६ जना घाइते भएका छन् । उनीहरूमध्ये गम्भीर प्रकृतिका चोटपटक लागेका ६ यात्रुहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

अन्य घाइतेहरूको टिचिङ अस्पताल मलेखु र राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

काठमाडौं पठाइएका घाइतेहरूमा तुलसीपुर उप–महानगरपालिका–४ दाङका २६ वर्षीय विमल चौधरी, लमही नगरपालिका–५ का ३० वर्षीय गोपाल मल्ल, ४६ वर्षीया माला केसी, ५४ वर्षीय खुमप्रपसाद खत्री, घोराही उप–महानगरपालिका–१३ कि पदमा गिरी र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१० का यज्ञबहादुर वली छन् ।

सल्यानको सवेश्वरी गाउँपालिका–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका ६ वर्षीय छोरा आशिष केसी, सल्यानकै बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१४ का २८ वर्षीय प्रेम पुन र दाङको दागीशरण नगरपालिका–१ का ८५ वर्षीय शिवलाल विक छन् ।

गम्भीर घाइतेहरूमध्ये केहीलाई काठमाडौं रेफर गरिएको छ । केहीको राजमार्ग र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले बताए ।

घाइतेहरूमा सल्यानको सवेश्वरी गाउँपालिका–३ की ३२ वर्षीया रेखा केसी, काभ्रेको धुलिखेल नगरपालिका–१० का ५९ वर्षीय नारायण धिमाल, ५० वर्षीय रेखा वली, दाङको बबई गाउँपालिका–५ का २३ वर्षीय प्रदीप श्रीस र उनकी २२ वर्षीया श्रीमती मञ्जु श्रीस रहेका छन् ।

दाङको तुलसीपुर उप–महानगरपालिका–७ का ३३ वर्षीय बिजय केसी, रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ का ३१ वर्षीय योगेश बुढा, सल्यानको बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का २८ वर्षीय खडक बिक, सल्यानको बाघचौर नगरपालिका–९ का ४८ वर्षीय धनबहादुर वली घाइते छन् ।

रूकुम पश्चिमको चौरजारी नगरपालिका–१० बस्ने वर्ष ३२ को प्रवीण वली, चौरजहारी–१३ का २८ वर्षीय सचिन विष्ट, दाङको राप्ती गाउँपालिका १ भालुवाङका ३८ वर्षीया सलमा खातुन, ३८ वर्षीय मोहमद हुसेन, तुलसीपुर उपमहानगरपालिका–५ का ३० वर्षीय मनोज खड्का र रूकुम पश्चिमको चौरजहारी नगरपालिलका–१४ का ३० वर्षीय वीरेन्द्र केसी घाइते भएका छन् ।

उनीहरूको राजमार्ग अस्पताल र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिएका छन् ।

Published : Sunday, 2023 August 20, 12:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया