रथी श्रेष्ठको उपरथीमा पदोन्नति, सेनाको कार्यरथीमा नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेशकुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति शर्माले श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

श्रेष्ठलाई नेपाल सरकारको २०८० साउन ३० गतेको निर्णयानुसार उपरथी दर्जामा पदोन्नति भएको थियो । हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका उपरथी श्रेष्ठको परिवारजनको उपस्थिति रहेको थियो ।

Published : Friday, 2023 August 18, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया