जंगली जनावरको समस्या समाधानमा कांग्रेस सांसद डा.राणाका यस्ता छन् सुझावहरू
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले बाँदरको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा डा.राणाले नेपालमा बाँदरको समस्या समाधान गर्न गाह्रो रहेको बताइन् । विगतमा नेपालले विदेशमा अनुसन्धानको लागि बाँदर निर्यात गर्दा आफू पनि त्यसको विरोधमा लागेको उनले बताएकी छिन् ।
डा.राणाले बाँदरको अहिले भयावह अवस्था भएको भन्दै चिन्ता व्यक्त गरिन् । अहिले बाँदरको संख्या बढेर कहालीलाग्दो अवस्था रहेको बताउँदै उनले बाँदर नियन्त्रणका लागि के गर्ने भन्नेबारेमा अध्ययन गर्नुपर्ने बताएकी छिन् ।
‘अरु देशको कुनै मोडेल छ कि ? हाम्रो यति धेरै ठाउँमा जाली लगाएर कसरी खेती गर्ने ? त्यस्तो हाम्रो स्रोत साधन पनि छैन’, उनले भनिन्, ‘यो इश्युलाई कलिङ गर्न सक्ने भए कलिङ गर्ने, हाम्रो धर्म संस्कृतिले दिए अनुसार कलिङ गर्ने, बाँदर त कसैले पनि खाँदैन, सो ह्वाट टु डु इट बाँदर ?’
बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम नै गर्न सांसद डा.राणाले कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव दीपककुमार खनाललाई आग्रह गरेकी छिन् ।
‘पहिला पञ्चायतकालमा दरबारबाट बेला–बेला त्यहाँ शिकार जाने, कलिङ गर्ने हुन्थ्यो’, उनले भनेकी छिन्, ‘अनि प्रधानमन्त्रीहरूले पनि एउटा दुइटा पाउँथे, त्यो चाहिँ थाहा भएको ।’
‘पहिला त्यस्तो हुन्थ्यो । तर, अहिले मेरो माइती बर्दिया, त्यहाँका मान्छेले यति दु:ख पाएका छन्, छाडा गाईले सताउने त्यत्तिकै, बँदेलले सताउने त्यत्तिकै, बाघले मान्छे खाने त्यत्तिकै’, उनले भनेकी छिन् ।
डा.राणाले अन्तर्राष्ट्रिय सन्धीमै हस्ताक्षर गरेकाले बाघ मार्न नहुने तर लाइसेन्स दिएर बँदेल मार्न पाउने व्यवस्था लागू गर्न ठीक हुन्छ कि भनेर कृषि मन्त्रालयका कर्मचारीलाई सुझाव दिएकी छिन् ।
सांसदहरूले बाँदरको समस्याका कारण कृषकहरूले दु:ख पाएको, कृषि उत्पादन घटेको बताउँदै कृषि मन्त्रालयका सचिव दीपककुमार खनालसहितका पदाधिकारीहरूको ध्यानाकर्षण गराएका छन् ।
जवाफमा सचिव खनालले झन्डै २५ प्रतिशत खेतीयोग्य जमीनमा बाँदरको प्रकोपका कारण खेती हुन छाडेको मन्त्रालयको अनुमान रहेको बताएका छन् ।
उनले बाँदर नियन्त्रणका लागि प्रभावकारी विकल्प के हुन सक्छ सरकारले काम गर्ने बताए । झन्डै एक महिनाअघि आएको कार्यविधीमा बाँदरले नष्ट गरेको खाद्यवस्तुको किसानले क्षतिपूर्ति पाउने व्यवस्था गरेको पनि जानकारी गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया