काठमाडौंमा तास खेल्ने लक्ष्मीसहित २२ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपियाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको

अवस्थामा तामाङ समेत १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Thursday, 2023 August 17, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया