विपुल पोख्रेलले ईन्धन माग्नु भएको छैन : नगरप्रमुख खड्का
काठमाडौं । तलुसीपुर उप–महानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले दाङ जिल्लाका पत्रकार र पत्रकार सम्बद्ध संघ/संस्थाका विषयमा ईन्धनको विषयलाई लिएर आएका टिकाटिप्पणीप्रति चिन्ता जनाएका छन् ।
मंगलबार बिहान रिपब्लिका दैनिकसँग फोनमा कुरा गर्दै नगरप्रमुख खड्काले भने, ‘व्यक्तिगत रुपमा कसैले पनि ईन्धन मागेको छैन । संस्थागत रुपमा आउँदा तुलसीपुर उप–महानगरपालिकाले ईन्धन उपलब्ध गराएको हो ।’
खड्काले तुल्सीपुर उप–महानगरपालिका स्थानीय सरकार पनि भएका कारण सञ्चारमाध्यम र पत्रकारहरूप्रति पनि केही दायित्व रहने बताएका छन् । उनले भने, ‘यो विषयलाई धेरै लम्बाउन आवश्यक छैन । कुनै प्रक्रियामा गल्ती भएको छभने सुधार गरौँ ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले तुलसीपुर उप–महानगरपालिकाबाट ईन्धन (तेल) माग्नुभएको हो ? भन्ने प्रश्नको जवाफमा नगरप्रमुख खड्काले अध्यक्ष पोखरेलले ईन्धन माग नगरेको बताए ।
खड्काले भने, ‘विपुल पोख्रेलले अहिलेसम्म मसँग ईन्धन माग्नुभएको छैन । उहाँ तेल माग्ने खालको व्यक्ति पनि होइन ।’
पत्रकारसँग सम्बन्धित अन्य संघ/संस्था र पत्रकारहरूको बारेमा पनि नाम आएको छ नि ? भन्ने जिज्ञासामा खड्काले भने, ‘यो विषयलाई जसरी तोडमोड गर्यो त्यस्तै हुन्छ । तपाईले पनि बुझ्नुभएको छ । पत्रकारहरूले हामीसँग व्यक्तिगत कार्यका लागि ईन्धन माग्दैनन् । पत्रकार वा सञ्चारमाध्यमलाई लुकाएर होइन खुलेरै सम्बन्धित शीर्षकबाट कानूनसम्मत सहयोग गर्न मिल्छ ।’
नगरप्रमुख खड्काले जिल्लाका पत्रकार र सञ्चारमाध्यमलाई बचाउने दायित्व सबै स्थानीय सरकारहरूको रहेको पनि बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया