दुई जना सरकारी ईञ्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले धनुषाको शहीदनगर नगरपालिकाका ईञ्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगको बर्दिवासस्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका ईञ्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिएका छन् ।

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माणवापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले एक लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ ।

Published : Monday, 2023 August 14, 12:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया