दुई जना सरकारी ईञ्जिनियर पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले धनुषाको शहीदनगर नगरपालिकाका ईञ्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ ।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका ईञ्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिएका छन् ।
गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माणवापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले एक लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया