लुम्बिनी प्रदेश सभाको सचिवमा दुर्लभको दोस्रो नियुक्ति
मसुरिया । लुम्बिनी प्रदेश सभाको सचिवमा दुर्लभकुमार पुन नियुक्त भएका छन् ।
सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पुनलाई नियुक्त गरेका हुन । पुन दोस्रो पटक सचिवमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन् । यसअघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
कैलाली जिल्लामा जन्मिएका पुन माओवादीको शसस्त्र संघर्षका बेला ५ वर्ष भूमिगत भएका थिए । त्यसपछि सक्रिय राजनीतिकमा आएका हुन् ।
४८ वर्षीय पुन नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा स्नातकोत्तर उत्र्तीण गरेका छन् । पुनले ६ वर्ष कानून व्यवसायमा काम गरेका थिए ।
Published : Sunday, 2023 August 13, 1:24 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया