एमालेको युवा संघको अधिवेशनमा कुटाकुट, वडाध्यक्षको टाउकोमा चोट
काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा कार्यकर्ताहरूबीच विवाद हुँदा कुटाकुट भएको छ ।
शनिबार भीमदत्त नगरपालिका वडा नं. १८ का वडाध्यक्ष देवकोटामाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
विवाद चर्किएपछि देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् । देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार देवकोटालाई महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको छ ।
देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छिन् । शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको डीएसपी डाँगीले बताए ।
Published : Saturday, 2023 August 12, 9:28 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया