सुन तस्करीको अनुसन्धान फितलो भएको आरोप लागेका बेला २ चिनियाँ नगरिक छुटे

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई शनिबार रिहा गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई शुक्रबार पक्राउ गरिएको थियो ।

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताएका छन् ।

‘अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो’, कडायतले भने, ‘सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता नदेखिए पछि रिहा भएका छन् ।’

शुक्रबार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को जिम्मा लगाएको थियो ।

सुन तस्करी प्रकरणमा फितलो अनुसन्धान भइरहेको आरोप लागेका बेला दुई जना चिनियाँ नागरिक छुटेका छन् ।

Published : Saturday, 2023 August 12, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया