कांग्रेसका सुनिल शर्मालाई लिखत कीर्तेमा पनि दण्ड दिने तयारी
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका नक्कली डाक्टरमाथि लिखत कीर्तेको कसूरमा अनुसन्धान हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार उनीहरूमाथि लिखत कीर्तेमा अनुसन्धानका लागि बाहिर राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको छ । काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
२०७३ सालमा सोही कसूरमा पक्राउ परेका नक्कली डाक्टरहरूमाथि भने ठगी मुद्दा दायर गरिएको थियो ।
ठगिएको व्यक्तिको किटानी जाहेरी नदेखिएपछि जिल्ला अदालतले तत्कालीन अवस्थामा पक्राउ परेका ५८ जनामध्ये ५५ जनालाई सफाइ दिएको थियो ।
सीआईबीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न रहेकाहरूविरुद्ध अप्रेशन फक्सट्रट सञ्चालन गरिएको जनाएको छ ।
अप्रेशनका क्रममा कांग्रेस सांसद शर्मासहित शुक्रबार दिउँसोसम्म ८ जना पक्राउ परेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया