कांग्रेसका सुनिल शर्मालाई लिखत कीर्तेमा पनि दण्ड दिने तयारी
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका नक्कली डाक्टरमाथि लिखत कीर्तेको कसूरमा अनुसन्धान हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार उनीहरूमाथि लिखत कीर्तेमा अनुसन्धानका लागि बाहिर राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको छ । काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
२०७३ सालमा सोही कसूरमा पक्राउ परेका नक्कली डाक्टरहरूमाथि भने ठगी मुद्दा दायर गरिएको थियो ।
ठगिएको व्यक्तिको किटानी जाहेरी नदेखिएपछि जिल्ला अदालतले तत्कालीन अवस्थामा पक्राउ परेका ५८ जनामध्ये ५५ जनालाई सफाइ दिएको थियो ।
सीआईबीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न रहेकाहरूविरुद्ध अप्रेशन फक्सट्रट सञ्चालन गरिएको जनाएको छ ।
अप्रेशनका क्रममा कांग्रेस सांसद शर्मासहित शुक्रबार दिउँसोसम्म ८ जना पक्राउ परेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया