बुद्ध एयरको जहाज बीचबाटै फर्कियो

काठमाडौं । बुद्ध एयरको जहाज गन्तव्यमा नपुगेर काठमाडौं फर्किएको छ ।

बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पनि लगत्तै काठमाडौं नै फर्किएको छ ।

दिउँसो १:५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो । उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ ।

जहाजमा के भएको हो प्राविधिकहरूले चेकजाँच गरेपछि बताउने जनाइएको छ । जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो ।

फर्काएको जहाजमा सवार सम्पूर्ण यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुन: भैरहवा पठाइएको छ ।

Published : Friday, 2023 August 11, 12:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया