सिरहाकी सुजाता पक्राउ
काठमाडौं । प्रहरीले सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ की ३५ वर्षीया सुजाता साहलाई प्रहरीले मिटरव्याजको अभियोगमा पक्राउ गरेको छ ।
बुधबार साँझ सुजातालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताएका छन् ।
ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर सुजातालाई पक्राउ गरिएको छ ।
सुजातामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लिम्बुले बताएका छन् । सुजातामाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी छ ।
मिर्चैया क्षेत्रमा सुजाता लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएको आरोप छ ।
Published : Thursday, 2023 August 10, 10:12 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया