एमाले सत्तामा भयो संसद विघटन गर्ने, प्रतिपक्षमा गयो सदन चल्नै नदिने : देवकोटा
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको भन्दै प्रमुख विपक्षी दल एमालेको विरोध गरेकी छिन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले संसदको बैठक अबरुद्ध गर्ने कार्य राम्रो नभएको बताइन् । उनले सदन अबरोध गरेर जनताको बोल्ने ठाउँलाई बन्धक नबनाउन आग्रह गरिन् ।
उनले भनेकी छिन्, ‘सत्तामा भयो संसद विघटन गर्ने । प्रतिपक्षमा भयो सदन चल्नै नदिने । लोकतन्त्रको विकासका कुरा, परिभाषाका कुरा जोडतोडसँग वकालत गर्ने हामी कुन संस्कारबाट अगाडि बढेका छौं ? संसदका माध्यमबाट छलफलहरू गर्नुपर्छ ।’
कांग्रेसकी राष्ट्रिय सभाकी प्रमुख सचेतक देवकोटाले भनिन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन नेपाल ट्रान्जिट भएर आयो । सुन बरामद भएको छ । यस्ता घटनाहरू हुनु हुँदैन ।’
‘कुनै पनि भ्रष्टाचारको लिंग, वर्ण, धर्म, जात हुँदैन । अपराधी उम्कनु हुँदैन । निर्दोष फस्नु हुँदैन । यसबाट सबै सजग हुनुपर्छ’, उनले भनिन्, ‘संविधानले अख्तियार गरेका हाम्रा संरचनाहरू, संयन्त्रहरूमाथि किन विश्वास गर्दैनौँ ?’
उनले भनिन्, ‘हाम्रा संयन्त्रहरूलाई किन जिम्मेवार बनाउन चाहँदैनौँ ? प्रश्न गर्न चाहन्छु । सीआईबीले अनुसन्धान गरिरहेको छ । गृहमन्त्रीले ३५ दिनभित्र यसको अनुसन्धानको प्रक्रिया पूरा गरेर परिणाम आउँछ भन्नुभएको छ ।’
‘सीआईबीलाई एशियाले नै विश्वास गरेको छ । सीआईबीले अनुसन्धान गरेको छ’, उनले भनेकी छिन्, ‘कुन चाहिँ स्तरीय संयन्त्र निर्माण गरेर छानविन गर्नुपर्छ भनेर नेकपा (एमाले) प्रतिपक्षले अनुसन्धानलाई निष्प्रभावी बनाउन अनुसन्धानको पाटोलाई समाप्त खेल खेलेको छ । एमालेले बखेडा निकालेको छ । त्यो अत्यन्तै दुर्भाग्यपूर्ण छ ।’
विगतमा उच्चस्तरीय छानविन समिति गठन भएका थिए, ती छानविन समितिले कस्तो रिजल्ट दिए ? भन्ने पनि हेर्नुपर्ने उनले बताएकी छिन् ।
कांग्रेसकी सांसद देवकोटाले बाढीपहिरोले मुलुक आक्रान्त भएको भन्दै उद्धारका लागि लाग्नु पर्ने बताएकी छिन् । उनले बाढीपहिरो र डेँगुका विषयमा कुरा उठाउन खोज्दा संसद अबरोध गरेर एमालेले स्वार्थपूर्तिमा लागेको बताइन् ।
आँखा पाक्ने रोगबाट विद्यार्थी र जनताहरूले दु:ख पाएको भन्दै उनले लम्कीस्कीन रोगबाट समस्या भएको पनि बताइन् । उनले एमालेलाई संसद अबरोध नगरेर जनताका कुरा उठाउने थलो सञ्चालन गर्न माग गरिन् ।
उनले रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना भएर ठूलो क्षति भएको बताएकी छिन् । सडक मर्मतसम्भार नहुँदा सडक दुर्घटना भएको कुरा सरकारलाई प्रश्न गर्ने थलो संसद एमालेका कारण अबरुद्ध भएको भन्दै देवकोटाले आक्रोश पोखेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया