सानेपामा नेविसंघका विद्यार्थी कार्यकर्ताहरूको रमिता

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट समूहले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा प्रदर्शन गरेको छ ।

नेविसंघलाई सात सय ११ सदस्यीय बनाएको विरोधमा असन्तुष्ट समूहले सानेपामा प्रदर्शन गरेको हो । असन्तुष्ट समूहका नेविसंघका कार्यकर्ताले संस्थापन समूहविरुद्ध नारावाजी गरेका छन् ।

नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थी विरोधमा उत्रिएका हुन् ।

विद्यार्थी नेताहरू योगेन्द्र रावल, अशोक विष्ट, विनोद शाही लगायतको समूह नेविसंघको समान्तर कमिटी घोषणाका लागि सानेपा पुगेका छन् । असन्तुष्ट समूहलाई पार्टी केन्द्रीय कार्यालयभित्र छिर्न दिइएको छैन ।

असन्तुष्ट समूहलाई रोक्न नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका समर्थक विद्यार्थीले अबरोध गरेका छन् । शेर्पा समूहले असन्तुष्ट समूहको प्रतिवाद गरेको छ ।

असन्तुष्ट समूह र अध्यक्ष शेर्पा निकटका विद्यार्थीबीच झडप हुने देखेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।

Published : Wednesday, 2023 August 9, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया