मेटमणिद्वारा एमालेको छानविन समितिको खारेज, राज्यका संयन्त्र सक्रिय बनाउन प्रस्ताव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सुन लगायतका धेरै विषयमा प्रहरीको सीआईबीले अनुसन्धान गरेका कारण पूर्वगृहमन्त्री र भीआईपीहरू जेलमा रहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सुन प्रकरणमा छानविन समिति बनाउने विषयको विरोध गरेका छन् । उनले राज्यका संयन्त्रलाई क्रियाशील बनाएर सुन प्रकरणको छानविन गर्नुपर्ने बताए ।

चौधरीले विगतमा बनाएका छानविन समितिले के गरे भनेर प्रश्न गरेका छन् । उनले अपराधीहरूलाई पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राज्यका संयन्त्रलाई सक्रिय बनाउन सांसद चौधरीले माग गरेका छन् । उनले सरकारले गिरीबन्धु टि स्टेट, कोभिडका बेला स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको फाइल खोल्न माग गरेका छन् ।

एमालेले सुन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेर संसद अबरोध गरेको थियो । एमालेको त्यो कार्यको उनले विरोध गरेका छन् ।

Published : Tuesday, 2023 August 8, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया