प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका विषयमा उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका विषयमा उजुरी आह्वान गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सिफारिसमाथिको सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले १० दिन समय दिएर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिएका छन् ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रष्ट आधार खोली मर्यादित भाषामा समिति समक्ष सूचना वा उजुरी दिन सरकारी सरकारी सञ्चार माध्यामहरूमार्फत् सूचना प्रकाशित गर्न प्रस्ताव गरिएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ ।
संसदीय सुनुवाई समितिबाट श्रेष्ठको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया