त्रिपुरासुन्दरी मन्दिरको सिँढीमा तोडफोड
काठमाडौं । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।
केही व्यक्तिको समूहले मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्ये १६ वटा सिँढी तोफफोड गरेको छ । तोडफोड गर्ने समूहको पहिचान हुन सकेको छैन ।
विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सिँढीका ढुङ्गाहरू हथौडा प्रयोग गरेर तोडफोड भएको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताएका छन् ।
सिँढी किन र कसले फुटायो थाहा हुन नसकेको र अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यसअघि पनि त्रिपुरासुन्दरीको मन्दिरका सिँढी तोडफोड भएका थिए । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजन पुग्ने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया