कांग्रेसको दश दिनको अभियान सफल बनाउन तरुण दलका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूलाई परिपत्र
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेको संगठन शुद्धीकरण अभियानलाई सफल बनाउन जिल्ला सभापति र केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार अध्यक्ष गुरुङले जिल्ला सभापति र केन्द्रीय सदस्यहरूलाई परिपत्र गरेर साउन १० देखि ३० गतेसम्म ुन लागेको शुद्धीकरण अभियानमा सहभागिता जनाइ सफल बनाउन भनेका छन् ।
‘नेपाली कांग्रेसको संगठन शुद्धीकरण १० दिने अभियान देशका ७७ वटै जिल्लाहरूमा सञ्चालन भएको स्मरण गराउँदै पार्टीका केन्द्रीय प्रतिनिधि, नेपाली कांग्रेसका जिल्ला समिति र त्यस जिल्लाका नेपाल तरुण दलका केन्द्रीय सदस्यसँग समन्वय गरी उक्त शुद्धीकरण अभियानमा तरुणहरूको व्यापक एवम् सक्रीय सहभागिता जनाइ पार्टीको उक्त अभियान सफल बनाउन आग्रह सहित यो परिपत्र गरिएको छ’, परिपत्रमा भनिएको छ ।
कांग्रेसले साउन २० गतेबाट शुरु हुन लागेको आन्तरिक विशेष अभियानका लागि केन्द्रीय प्रतिनिधिहरूलाई खटाएको छ ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया