कांग्रेस नेता श्रेष्ठद्वारा नवलपरासी (पूर्व)मा ७० विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम श्रेष्ठले नवलपरासी (पूर्व)को एउटा विद्यालयका ७० जना बालबालिकालाई पोशाक र केही आर्थिक सहयोग गरेका छन् ।

शुक्रबार श्री सूर्यज्योति विद्यालयमा अध्यनरत अति विपन्न परिवारका विद्यार्थीलाई नेता श्रेष्ठले पोशाक प्रदान गरेका हुन् । उनले भने, ‘सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ७० जना विद्यार्थीलाई मेरो आफ्नो क्षमताअनुसार पोशाक प्रदान गरेको छ ।’

कांग्रेसको तरुण विभागका पूर्व सचिव समेत रहेका नेता श्रेष्ठले केही आर्थिक सहयोग गरेको पनि जनाएका छन् ।

कांग्रेसको राजनीतिमा सक्रिय रहेका नेता श्रेष्ठले आफ्नो जिल्लामा अति विपन्न विद्यार्थीलाई सक्ने सहयोग गर्दै आएका छन् ।

आफ्नी जेठी छोरी स्व.मोनिका श्रेष्ठको नाममा रहेको फाउण्डेशनबाट पनि नेता श्रेष्ठले सहयोग गर्दै आएका छन् । उनले भने, ‘स्वर्गीय छोरीको नाममा सहयोग गर्न पाउँदा खुसी लाग्छ । मेरो सानो सहयोगले अति विपन्न परिवारका बालबालिकाले पढ्न पाउनु मेरो लागि सबैभन्दा ठूलो गर्वको कुरा हो ।’

हीरामान श्रेष्ठले पनि पोशाक वितरणका क्रममा रु. १० हजार सहयोग गरेका छन् ।

Published : Friday, 2023 August 4, 3:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया