काठमाडौं प्रहरीद्वारा किरा भेटिएको पानी उद्योगमा सिल
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पानीमा किरा भेटिएपछि पानी उत्पादन केन्द्रमा विक्री वितरण गर्न नपाउने गरी प्रतिवन्ध (सिल) लगाइदिएको छ ।
साउन १६ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातीर्थस्थित माता विष्णुदेवी फुड् एण्ड वेभरेज प्रा.लि. बाट उत्पादित पानीमा किरा भेटिएको उजुरी प्रहरीमा परेको थियो ।
उभोक्ताको सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोलीले सो स्थानमा स्थलगत अनुगमन गरेको थियो ।
पानी उत्पादन केन्द्रमा कैफियत भेटिएपछि चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातीर्थमा रहेको माता विष्णुदेवी फुड् एण्ड वेभरेज प्रा.लि. बाट उत्पादित पानी बिक्री वितरण गर्न नपाउने गरी प्रतिवन्ध (सिल) लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया