यी सत्ताईस जवानलाई सहायक हवल्दारमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्राविधिकतर्फका २७ जवानहरूको सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तर्गतको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदका लागि २७ जनाको सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को च बमोजिम बढुवा गरिएको जनाइएको छ ।
बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न पनि सशस्त्रले सूचित गरेको छ ।
बढुवा सिफारिसमा पर्नेहरूमा शम्भुप्रसाद भट्ट, खुमबहादुर थापा क्षेत्री, दीपेन्द्र बास्तोला, सीताराम दाहाल, रोहितप्रसाद पराजुली, मेघनाथ चौलागाइँ, रेशम तिवारी, श्यामकुमार श्रेष्ठ, वीरबहादुर तामाङ, पदमदास श्रेष्ठ, दिनेश मुडभरीलगायत रहेका छन् ।
पवन खड्का, गोपाल बस्नेत, महेन्द्रप्रसाद चौधरी, ईन्द्रबहादुर दुरा, लेखनाथ गौतम, सुरेश तामाङ, दुर्गाचन्द्र बस्नेत, शिवराम संजेल, रामकुमार उप्रेती, राजेन्द्रकुमार सुनुवार, प्रकाश अधिकारी, सुकुमान तामाङ, श्रीहरि लामा (तामाङ), राजेन्द्र पुडासैनी, प्रकाश चौधरी र कपिल कार्की जवानबाट सहायक हवल्दारमा बढुवाको सिफारिसमा परेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया