दाजु–बहिनीबीच विवाह हुन्छ भन्ने विवादास्पद अधिवक्ता भगवती पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गरेको छ ।
बुधबार बिहान पाण्डेलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले पत्रकारहरूलाई बताएका छन् ।
पक्राउ परेकी अधिवक्ता पाण्डेको बयान भइरहेको प्रहरीले जनाएको छ । बयानपछि पाण्डेलाई के गर्ने भन्ने विषयमा काठमाडौं प्रहरीको मुद्दा शाखाले निर्णय लिनेछ । पाण्डेले मगर र तामाङ समुदायप्रति लक्षित गरेर विवाहबारे विवादास्पद अभिव्यक्ति दिएको आरोप छ ।
अधिवक्ता पाण्डले टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजु–बहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
पाण्डकोे अभिव्यक्ति विरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो । उनलाई पक्राउ गर्न दवाव दिन प्रदर्शनहरू पनि भएका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया