स्वास्थ्य मन्त्रीसँग महर्जनद्वारा प्युटारको अस्पतालका लागि बजेट माग, प्रस्ताव दिन निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग नेपाली कांग्रेस बागमती प्रदेश सभाका सदस्य (सांसद) मीनकृष्ण महर्जनले भेट गरेर प्यूटारको अस्पताललाई दश शय्याको बनाउन आग्रह गरेका छन् ।
मंगलबार मन्त्रालयमा मन्त्री बस्नेतसँग भएको भेटमा प्रदेश सभा सदस्य महर्जनले बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारमा १० शय्याको हस्पिटलका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् । मन्त्री बस्नेतले पनि प्युटारको अस्पालका लागि स्वास्थ्य मन्त्रालयमार्फत बजेट व्यवस्थापन गरिदिने आवश्वासन दिएको महर्जनले बताएका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतले प्युटारको अस्पताललाई दश शय्या बनाउनका लागि डीपीआर (प्रस्ताव) पेश गर्न गाउँपालिकाका प्रमुख बीरबहादुर लोप्चलाई निर्देशन दिएका छन् ।
मन्त्री बस्नेतसँगको भेटका लागि बागमती प्रदेश सभाका सदस्य महर्जनसँग बागमती गाउँपालिकाका प्रमुख लोप्च पनि सँगै गएका थिए ।
प्रदेश सभा सदस्य महर्जनले आफ्नो क्षेत्रका लागि विभिन्न योजनाहरूमा बजेट समावेश गराएका छन् । उनले छुटेका योजनाहरूमा पनि बजेट ल्याउन जोडबल गरिरहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया