फेसवुक एकाउण्ट खोल्न कांग्रेसको सञ्चार विभागको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले नेपाली कांग्रेस सूचना, संचार तथा संचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ ।
मंगलबार बसेको विभागको बैठकले पुस्तकालय व्यवस्थापन तथा संचालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विभागका प्रमुख एवं सदस्यहरूबीच सूचना प्रविधि सम्बन्धी पुनर्ताजगी कार्यक्रम गर्ने र सो को मिति, समय र स्थान प्रमुखले तोक्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।
‘नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसवुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय गरियो’, विज्ञप्तिमा विभागले जनाएको छ ।
विभागले भनेको छ, ‘लोकतन्त्रमा आस्था राख्ने संचार गृह र संचारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णय गरियो ।’

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया