प्रस्तावित राजदूतहरूका विरुद्ध सामूहिक उजुरी

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित ६ जना राजदूतमाथि उजुरीहरू परेका छन् ।

६ जना राजदूतविरुद्ध पाँच वटा उजुरी परेको समितिकी सह–सचिव निर्मलादेवी लामिछाने वस्तीले बताएकी छिन् ।

एउटा रित नपुगेको उजुरी पनि प्राप्त भएको छ । उनीहरू सामूहिक रुपमा परेका छन् । साउन ३ गते बसेको समितिको बैठकले १० दिनभित्र उजुरी दिन सूचना जारी गरेको थियो ।

सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापालाई प्रस्ताव गरेको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदीको नाम प्रस्ताव भएको छ ।

संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस भएका छन् ।

Published : Tuesday, 2023 August 1, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया