कांग्रेसका खतिवडाद्वारा सुन प्रकरणमा गृहमन्त्रीको जवाफ माग, हाइलेबलको संलग्नता
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुन प्रकरणबारे मन्त्रीहरूले संसदमा आएर जवाफ दिनुपर्ने माग गरेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भने, ‘मन्त्रीहरूले आएर संसदमा जवाफ दिनुपर्छ । रियल दोषी को हो पत्ता लगाउनुपर्छ ।’
‘प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान कार्यालय गएर छापामारेको छ । त्यसमा पनि शंका भयो भनेर हामीले यसमा अझै डिटेलमा जाउ भनेका छौँ । त्यहाँ भरिया, ड्राइभर मात्रै छैनन् । त्योभन्दा माथिका मान्छे भने भनेर हामीले भनिरहेका छौँ’, खतिवडाले भनेका छन् ।
उनले भने, ‘त्यहाँ अहिलेसम्म प्रहरीको सक्रियता देखिएको छैन । त्यसका बारेमा गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ । एउटा मोजामा एक डलर कसैको पैसा लिएर आयो भने मोजा खोलेर, घडीका चेन खोलेर पत्ता लगाउँछ ।’
‘तर, सय सय केजी सुन आउँदा सरकार र त्यहाँका कसैलाई थाहा नहुनु भनेको योभन्दा दुर्भाग्य के होला ?’, उनले भने, ‘हामी यसको निष्पक्ष छानविनको पक्षमा छौँ ।’
‘हामीले नै किसानहरूले मोबाइलको सुविधा पाउनुपर्छ भनेर आवाज उठाएर त्यो पनि गरियो’, खतिवडाले भने, ‘एक डलर ल्याउँदा समात्ने सरकार यो नसकेको पनि हामीले दु:ख व्यक्त गरेर छानविन गरेर जस्ताको त्यस्तै ल्याउन भनेकै छौँ ।’
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद खतिवडाले भने, ‘उहाँहरूले सहमति गरेर आएपछि उच्चस्तरीय छानविन हो वा संसदीय छानविन हो त्यसमा क्लियर भएपछि अगाडि बढ्छौँ ।’
उनले भने, ‘मैले अहिले नै फलानो नै संलग्न छन् भनेर छानविन गरे जस्तो गरी किटानी गर्ने अवस्था छैन । अहिले म शंकाको घेरामा कसैलाई राख्न चाहँदैन । जो जो छन् कारबाही हुनुपर्छ ।’
खतिवडाले सुन तस्करीमा हाइलेबलका व्यक्तिहरूको संलग्नताप्रति संकेत गरेका छन् । उनले ती सबैलाई कारबाही गर्नुपर्ने र सुरक्षानिकायलाई सबै कुराको जानकारी रहेको पनि बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया