यतीको जहाजमा ‘झक्कले’ मुसा देखिएपछि धमाधम खोजी, ६० यात्रुलाई तनाब
काठमाडौं । विभिन्न गडबडीको सामना खेप्दै आएको यती एयरलाइन्सको जहाजमा मुसा देखिएको छ ।
सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएको हो । मुसा देखिएपछि जहाजको उडान रोकिएको छ । जहाजमा मुसा देखिएको विषयमा यती एयरलाइन्सले केही भनेको छैन ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं आउँदै थिए ।
पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको थियो ।
मुसा ११:५० मिनटमा जहाजको ल्यान्डिङ गेयरमा मुसा देखिएको जनाइएको छ । मुसाका कारण जहाज समयमा उड्न नपाएपछि ६० जना यात्रुले तनाब भोग्नु परेको छ ।
जहाजमा ६० जना यात्रु थिए । बोर्डिङका क्रममा एकजना यात्रुले जहाजको पछाडिको ल्यान्डिङ गेयरको वरपरी मुसा देखेको जनाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया