बागमती प्रदेश सभाका सदस्यहरूलाई कांग्रेसको अभिमुखीकरण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाका सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ ।

सोमबार सभापति शेरबहादुर देउवाले पातले वन रिसोर्ट, काठमाडौंमा कार्यक्रमको उदघाटन गर्नेछन् । अभिमुखीकरण कार्यक्रम साउन १५ र १६ गते दुई दिन चल्नेछ ।

बागमती कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले अभिमुखीकरण कार्यक्रमको सबै तयारी पूरा भएको बताएका छन् ।

बागमती प्रदेश सभामा कसरी प्रस्तुत हुने भनेर पूर्व तयारी स्वरुप अभिमुखीकरण कार्यक्रम हुने लागेको छ ।

Published : Sunday, 2023 July 30, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया