मोटरसाइकलसहित बारामा सात जना पक्राउ
काठमाडौं । प्रहरीले १२ थान चोरीको मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको छ ।
विभिन्न मिति र स्थानहरूबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा जितपुर सिमरा उप–महानगरपालिका–१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उप–महानगरपालिका–१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका–२० बस्ने २० वर्षीय दीपेन्द्रकुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्रकुमार गुप्ता, महागढीमाई नगरपालिका–९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३–०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।
उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया