सभापति लामिछानेद्वारा सुन तस्करी काण्डमा गृहमन्त्रीको राजीनामा माग्न अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै मिलोमतोमा सुन तस्करी भएको बताए । लामिछानेले भने, ‘बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’

सभापति लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताएका छन् ।

एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा सभापति लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताएका छन् ।

उनले अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री श्रेष्ठको राजीनामा नमाग्ने बताएका छन् । उनले धैर्य गर्ने बताएका छन् ।

वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताएका छन् ।

उनले भने, ‘अरुले जे गरे त्यही स्वतन्त्र पार्टीले गर्दैन । हामी धैर्य गर्छौं । वास्तविककता थाहा पाएर मात्रै सडक सदनमा कुरा गर्छौं ।’

Published : Saturday, 2023 July 22, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया