स्वास्थ्यमन्त्री बस्नेत लण्डनबाट स्वदेश फिर्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई स्वाथ्यमन्त्रालयका उच्च कर्मचारी र कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

मन्त्री बस्नेत एक साता अगाडि पारिवारिक कार्यक्रमका लागि बेलायतको लण्डन गएका थिए ।

Published : Friday, 2023 July 21, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया