वीपी स्मृति दिवसमा रचनात्मक कार्यक्रम गर्न तरुणहरूलाई अध्यक्ष गुरुङको निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वीपी स्मृति दिवस भव्य रुपमा मनाउन मातहतलाई निर्देशन दिएका छन् ।

अध्यक्ष गुरुङले सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेर वीपी जयन्ती भव्य रुपमा मनाउन निर्देशन दिएका हुन् । उनले रचनात्मक कार्यक्रमहरू गर्न आग्रह गरेका छन् ।

साउन ६ गते ४१औं वीपी स्मृति दिवस कांग्रेस र उसका भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरेर मनाउन लागेका छन् ।

साप्ताहिक रुपमा कार्यक्रम गरि बृक्षारोपण, रक्तदान फलफूल बितरण लगायत कार्यक्रम गरि पार्टी जिल्ला कार्यसमितिले गर्ने कार्यक्रममा सहयोग गर्न अध्यक्ष गुरुङले परिपत्रमा तरुणहरूलाई निर्देशन दिएका छन् ।

आफूले गरेको कार्यको प्रतिवेदनसहित केन्द्रीय कार्यालयमा पठाउन गुरुङले निर्देशन दिएका छन् ।

वीपी स्मृति दिवसको अवसरमा बाढी, पहिरोमा परी पीडित रहेको परिवारलाई सहयोग गर्न अध्यक्ष गुरुङद्वारा जारी परिपत्रमा भनिएको छ ।

Published : Friday, 2023 July 21, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया