अपराध गर्ने समूहको दवावमा सरकार, क्रसर उद्योगहरू बन्द गराउन लागे : अध्यक्ष न्यौपाने
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताएका छन् ।
मंगलवार सिंहदरबारमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा न्यौपानेले क्रस उद्योगहरू बन्द गराउन केही समूह लागेको बताए । उनले क्रसर व्यवसायीहरूको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरूबाट प्रचारप्रसार भएको पनि बताएका छन् ।
उनले क्रसर उद्योगहरू बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताएका छन् ।
अध्यक्ष न्यौपानेले निजी क्षेत्रको क्रसर उद्योग क्षेत्रमा करिव ४० अर्ब लगानी रहेको बताएका छन् ।
मेसिनहरूमा लगाएको लगानी जोड्दा २ खर्ब बढी लगानी रहेको उनले बताएका छन् । क्रसर उद्योगहरूले सरकारको कानूनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया सरकारले पुष्टि गर्न आवश्यक रहेको अध्यक्ष न्यौपानेले बताए ।
न्यौपानेले नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसयायीहरूले अनुमति लिएर वित्तीय संस्थाहरूको ऋणमार्फत उद्योग सञ्चालन आएको बताएका छन् ।
धेरै लगानी गरेर पनि मुलुकको कानूनसम्मत रुपमा सञ्चालनमा रहेका उद्योगहरूको नवीकरण तत्काल गर्नुपर्ने न्यौपानेको भनाइ छ ।
उनले उद्योग नवीकरण नहुँदा बैंकमा खाता समेत खोल्न नपाएको बताएका छन् । उनले क्रसर उद्योगहरूको लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको बताएका छन् ।
महासंघले क्रसर व्यवसायीहरू जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्क लगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणका भाषा स्पष्ट नभएको कारण रकम बुझ्न नमानेको जनाएको छ ।
व्यवसायीहरूले माघमा मन्त्रिपरिषदले गरेको निर्णयमा स्पष्ट क्रसर उद्योगहरू निरन्तर नवीकरण गर्न लिखित निर्देशन आएको जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया