के कारणले हुन्छन् आत्महत्याका घटना ? काठमाडौंमा हत्याका घटनामा कमी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले हत्याका घटनामा कमी आएको जनाएको छ ।
सोमबार जिल्ला प्रहरी परिसर, टेकुमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले हत्याका घटना कम भएको बताए ।
आर्थिक वर्ष ०७८/०७९ मा ३७ वटा हत्याका मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष ०७९/०८० मा २७ वटा मुद्दा दर्ता भएका थिए । हत्याको घटना कमी हुनुमा जिल्ला प्रहरी परिसर काठमाडौंको आन्तरिक तयारी र नेतृत्वको कमाण्डिङले ठूलो भूमिका खेलेको छ ।
आत्महत्या न्यूनीकरण गर्न मनोसामाजिक परामर्शदाता राख्नुपर्ने प्रहरीले जनाएको छ ।
काठमाडौंमा आत्महत्याका घटनाहरू विशेषगरी लागुऔषधको प्रयोग, आर्थिक कमजोरी, परिवारसँग सम्बन्ध बिग्रिएको, प्रेमसम्बन्धी बिग्रिएको, विवाहपछिको सम्बन्धका कारणले हुने गरेको एसएसपी कार्कीले बताएका छन् ।
आत्महत्याका घटनाहरू बढेको बताउँदै एसएसपी कार्कीले यसलाई न्यूनीकरण गर्न जरूरी भएको बताएका छन् ।
त्यसका लागि प्रहरीले पनि करारमै भए पनि मनोसामाजिक परामर्शदाता राख्न जरूरी भएको एसएसपी कार्कीले बताएका छन् ।
‘आत्महत्या गर्न खोज्नेहरूसँग कुराकानी गरेर मात्रै पनि आधा समस्या समाधान हुन्छ’, कार्कीले भने, ‘घरमा, साथी भाइहरूले नसुनिदिएको वा सुनाउन नसकेर मात्रै पनि धेरै यस्ता घटनाहरू भइरहेका हुन्छन् ।’
उनले भने, ‘त्यसका लागि प्रहरी कार्यालयमा साइकोसोसियो काउन्सलर राख्न जरूरी छ ।’ आत्महत्या गर्नेहरू सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समूहका छन् ।
आर्थिक वर्ष ०७९/०८० मा यो समूहका १२६ जनाले आत्महत्या गरेका छन् । ३६ देखि ४५ वर्षका १११ जना १९ देखि २५ वर्षका ५६ जना र ४६ देखि ६० वर्षका ४८ जनाले आत्महत्या गरेका छन् ।
१८ वर्षमुनिका १० जना र ६० वर्षमाथिका ५ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । काठमाडौं प्रहरीमा आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न प्रकृतिका कूल ८ हजार ९७७ मुद्दा दर्ता भएका छन् । पछिल्लो आर्थिक वर्षमा भने १३ हजार ४६४ मुद्दा दर्ता भएका हुन् ।
बैंकिङ कसूरको अपराध भने बढेको तथ्याङ्कले देखाएको छ । एसएसपी कार्कीले ०७८/०७९ मा जम्मा ३ हजार ७१५ मुद्दा दर्ता भएको बताएका छन् ।
०७९/०८०मा मुद्दा दर्ताको संख्या ७ हजार १०१ छ । अभद्र कसूरको मुद्दा संख्या केही मात्रै बढेको छ । अभद्र व्यवहारमा यसअघि २ हजार ३१६ मुद्दा दर्ता भएकोमा सकिएको चालु आर्थिक वर्षमा २ हजार ८९४ मुद्दा दर्ता भएको छ ।
केही वर्ष अघिसम्म बैंकिङ कसूरका मुद्दाभन्दा अभद्र व्यवहारका मुद्दा धेरै दर्ता भएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया