सभापति देउवाद्वारा तीन जनालाई सदस्यमा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरूको मनोनयन भएको छ ।
आइतबार सभापति शेरबहादुर देउवाले विभागको सदस्यमा तीन जनालाई नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्यहरूमा मनोनीत हुनेमा सन्तोष न्यौपाने (लम्जुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) रहेका छन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरू मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Sunday, 2023 July 16, 10:19 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया