कांग्रेसका नेता तथा पालिकाका उपाध्यक्ष तामाङको निधन

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ ।

गौरीशंकर गाउँपालिका– ६ चंखु स्थायी घर भएका तामाङको आइतबार निधन भएको परिवारजनले जनाएका छन् ।

तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो ।

कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

तामाङलाई एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि तीन दिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो ।

मुटुको समस्या देखिएपछि मध्यपुर अस्पतालले उनलाई गंगालाल रिफर गरेको थियो ।

Published : Sunday, 2023 July 16, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया