कांग्रेसका नेता तथा पालिकाका उपाध्यक्ष तामाङको निधन
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ ।
गौरीशंकर गाउँपालिका– ६ चंखु स्थायी घर भएका तामाङको आइतबार निधन भएको परिवारजनले जनाएका छन् ।
तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो ।
कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
तामाङलाई एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि तीन दिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो ।
मुटुको समस्या देखिएपछि मध्यपुर अस्पतालले उनलाई गंगालाल रिफर गरेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया