पैसा लाग्ने भारतीय टिभीहरू साउन १ देखि बन्द हुने

काठमाडौं । सूचना तथा प्रशारण विभागले साउन १ गतेदेखि सबै स–शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गर्ने भएको छ ।

विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेज प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

भारतीय स–शुल्क अर्थात पे–टीभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको विभागले जनाएको छ ।

विभागले नेपाल सरकारको निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ ।

भारतीय च्यानहरूको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरूको प्याकेज बनाएर छुट्टा–छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो ।

फाउण्डेसनको जानकारीपछि विभागले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको छ ।

Published : Saturday, 2023 July 15, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया