कलंकीमा बिदुर तामाङको कोठामा प्रहरीद्वारा छापा, तास खेल्ने ९ जना पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा प्रहरीले छापामारेको जनाएको छ ।

तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बाराको तिलुया नगरपालिका–१४ घर भई काठमाडौंको कलंकी बस्ने ५० वर्षीय पूर्णबहादुर कार्की समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Friday, 2023 July 14, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया