नारायणगढ–मुग्लिन सडक खण्डमा बस पल्टियो, १९ यात्रु घाइते
काठमाडौं । काठमाडौं आउँदै गरेको खचाखच यात्रुले भरिएको बस चितवनमा दुर्घटना भएको छ ।
शुक्रबार बिहान करीव ५ बजे बस सडकबाट खसेर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बस करिब १० मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा सवार चालकसहित ४० सवारी थिए ।
१९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डीएसपी) विजयराज पण्डितले जानकारी दिएका छन् ।
घाइतेमध्ये २ जना भारतको सिलगुडीका छन् । उनीहरूको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । डीएसपी पण्डितले सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया