बर्दघाटमा लागुऔषधसहित क्षेत्री पक्राउ

काठमाडौं । नवलपरासी जिल्लामा प्रहरीले लागुऔषधसहित २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो प्रहरीले क्षेत्रीलाई बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलीग्रामसहित बर्दघाट नगरपालिका–१४ नारायणचोकका क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले क्षेत्रीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Published : Monday, 2023 July 10, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया