स्वास्थ्यमन्त्री बस्नेतले वीरमा अर्को बोल्ड निर्णय गराए, गरिव जनताले सेवा पाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशन र सल्लाहमा वीर अस्पताललाई बिहान ८ बजेदेखि खुलाउने निर्णय भएको छ ।
मन्त्री बस्नेतले बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीहरूसँग मन्त्रालयमा परामर्श गरेपछि वीर अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि शुरु गराउने निर्णय भएको छ ।
वीर अस्पतालको कार्यालय समय ८ बजेदेखि शुरु हुनेछ । न्याम्स र कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागू हुने गरी अस्पतालको सेवा ८ बजेदेखि शुरु गर्ने निर्णय भएको छ ।
कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा पनि बिहान ८ बजेदेखि शुरु हुनेछ ।
अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ । साउन १ गतेदेखि भने बिहान ८ देखि साँझ ४ बजेसम्म कार्यालय समय र त्यसपछि विगतमा जस्तै अन्य सेवा भने निरन्तर रहने छन् ।
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उप–कुलपति डा.भुपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
डा.बस्नेतले भने, ‘बिहानको सवारी जामको समस्याबाट छुटकारा पाउन र ओपिडीका लागि अस्पतालमा ७ बजेदेखि नै बिरामी लाइनमा बसिरहने भएकाले ८ बजेबाट नै सेवा सुरु गर्न लागेका हौं ।’
उनले भने, ‘बिरामीहरूको सुबिधाका लागि नै हामीले यो निर्णय गरेका हौं । साउन १ गतेदेखि वीरमा ८ बजेबाट कार्यालय समय सुरु हुनेछ ।’
अस्पतालमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।
बस्नेत स्वास्थ्यमन्त्री बनेपछि सरकारी अस्पतालहरूमा धेरै सुधारहरू भएका छन् । ठूला सरकारी अस्पतालहरूमा मन्त्री बस्नेतले सबै बेड नि:शुल्क बनाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया